कांग्रेसको नयाँ कार्यसमितिको पहिलो बैठक बस्दै

160 Hits
काठमाडौं ५ ,चैत ।
index

नेपाली कांग्रेसको १३औं महाविधेशनबाट गठित नयाँ कार्यसमितिको पहिलो बैठक शुक्रबार बस्ने भएको छ ।

पार्टीका मुख्यसचिव ऋषिकेश तिवारीले शुक्रबार दिउँसो २-०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने तय भएको जानकारी दिए ।

महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई  केन्द्रीय निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको दुई दिनपछि बैठक बस्न लागेको हो ।

प्रमाणपत्र वितरण कार्यक्रममा पार्टीका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले सातजनालाई केन्द्रीय सदस्यकारुपमा मनोनयन गरेको घोषणा गरेका थिए । बैठकले उनीहरुको मनोनयनलाई अनुमोदन गर्ने बताइएको छ ।

कांग्रेस विधानअनुसार महाधिवेशनले पदाधिकारीसहित ६४ जनालाई निर्वाचित गरेको छ ।

महाविधेशनबाट सभापतिमा देउवासहित महामन्त्रीमा डा. शशांक कोइराला, कोषाध्यक्षमा सीतादेवी यादवसहित ६१ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । रासस

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का